काठमाडौँ — सुनको मूल्य हालसम्मकै उच्च भएको छ । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको हो ।
तीन दिनको अन्तरालमा सुन र चाँदी दुवैको मूल्यमा तीव्र वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ७६ हजार ५ सय र त्यति नै चाँदीको मूल्य ५ हजार ३४० कायम भएको छ ।
