“सिसा रहेछ ” बोलको गीतको म्युजिक भिडियोको विमोचन एक भव्य समारोह बिच वरिष्ठ साहित्यकार सरुभक्त ज्यू को प्रमुख आतिथ्यतामा भव्य रुपमा पोखरा थिएटरमा २०८१ साल असोज १२ गते शनिबार दिन काे १ बजे सम्पन्न भयो । उक्त गीतका रचनाकार तेज श्रेष्ठ “अन्जान ” हुनुहुन्छ भने संगीतकार र गायक स्वयं सुप्रसिद्ध गायक रामभक्त जोजिजू हुनुहुन्छ । कार्यक्रमको सुरुवात प्रमुख अतिथी वरिष्ठ साहित्यकार सरुभक्त ज्यू बाट द्वीप प्रज्वलन गरी कार्यक्रमकाे उद्घाटन बाट कार्यक्रम सुरु भएको थियो । कार्यक्रममा गीतकार तथा समाजसेवी उमेश सि के ले गायक रामभक्त जोजिजू को बारेमा र आफूले सँगै भोगेका विगतका कुरा हरु लाई समेटेर विचार व्यक्त गर्नु भयो । भिडियोको समीक्षा बारेमा चलचित्र निर्देशकले भिडियो अति नै उत्कृष्ट बनेको र गीतकाे भाव अनुसार भिडियोले न्याय गरेको बारेमा चर्चा गर्नुभयो । शुभकामना मन्तब्य राख्दै पत्रकार कमल कोइरालाले गायक रामभक्त जोजिजूले आफ्नो उचाइलाई निरन्तरता अगाडि बढाउँदै गएको र आगामी दिनमा अझै प्रगति र उन्नतिको लागी शुभकामना मन्तब्य राख्नुभयो । प्रमुख अतिथि सरुभक्तले रामभक्त जोजिजू गायन क्षेत्रमा नेपालको नक्षत्र हुन् उसको मिहेनत २५ वर्ष देखिको निरन्तर मिहेनत र परिश्रम को परिणाम हो भन्दै पोखरा संगीतको राजधानी स्वयं प्रमाणित सङ्गीतको राजधानी हो भन्दै आफ्नो विचार व्यक्त गर्नु भयो । कार्यक्रममा जे.ई.म्युजिक एकेडेमी फूलबारीका विद्यार्थीहरु संस्कार गौतमले सिसा रहेछ बोलको गीत र भुपाली राग प्रस्तुत गरेको थियो । प्रेमराज पौडेलले “उडेर जून ” भन्ने बोलको गीत प्रस्तुत गरेका थिए । प्रज्ञान बराल ले मायालाई ढाका पछ्यौरी गाएर गीतकार उमेश सि के ले गाए बापत रकम पुरस्कार पनि दिएका थिए । प्रसिद्धि भुर्तेल ले सम्हालेर गाएका थिए । निअा श्रेष्ठ साईरा गुरुङ ले हेर न हेर कान्छा गाएर श्रोता दर्शक लाई मन्त्र मुग्द्ध बनाएका थिए | आरोही थापाले उकाली ओराली हरुमा प्रस्तुत गरेका थिए । कार्यक्रममा सहयोगी ,कलाकार उद्घोषक र कलाकार हरु लाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।कार्यक्रम को अन्तिममा जे ई म्युजिक का कार्यकारी निर्देशक ईतु जोजिजू ले सबै सहयोगी हरुलाई धन्यवाद दिँदै कार्यक्रम समापन गर्नु भएको थियो भने सभाध्यक्ष मा जे ई स्टुडियो एंड म्युजिक सप फूलबारी का सि ई ओ तथा वरिष्ठ गायक तथा संगीतकार रामभक्त जोजिजू रहेको थियो । कार्यक्रमको सञ्चालन उद्घोषण अनुज कुलुङ ले गरेका थिए ।

