गोबिन्द्र शाउद :
अछामको तुर्माखाँद गाउँपालिकाले दुईवटा एम्बुलेन्स खरिद गरेको छ । भौगोलिक रुपमा जिल्लाकै विकट पालिकाको रुपमा रहेको तुर्माखाँद गाउपालिकाले एम्बुलेन्सको आवश्यक्ता महसुस गर्दै दुईवटा एम्बुलेन्स खरिद गरेको छ । पालिकाको ४५ लाख बजेट बाट एम्बुलेन्स खरिद गरिएको हो | खरिद गरिएका दुईवटा एम्बुलेन्स मध्य एउटा एम्बुलेन्स वडा न ८ मा रहेको धमाली स्वास्थ्य चौकीमा रहने गरि वडा नं । ८,७,६ का नागरिकहरुलाई सेवा दिने भएको छ भने अर्को एम्बुलेन्स पालिकाका अन्य वडाका नागरिकहरुको सेवाका लागि परिचालन गरिने भएको छ |

तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्बर बहादुर बि .सी र उपाध्यक्ष बिमला कुमारी शाही ज्यू बाट उद्घाटन भई २ वटा एम्बुलेन्स सेवा आजकै दिन बाट संचालनमा ल्याईएकाे छ। साथै ४ नं वडा अध्यक्ष पदम बहादुर बि सी र ८ नं वडा अध्यक्ष निरक बहादुर शाहिलाई चापी समेत हस्तान्तरण गरिएको छ ।अब गाउँ बस्ति मा रहेका गर्भवती सुत्केरी तथा अन्य सबै बिरामीले सर्वसुलभ सेवा पाउने भएका छन |
