२५ माघ उमङ्ग सम्बादाता । अझै कति धेरै निर्मलाहरु कोपिलामै चुडिनु पर्ने हो थाहा छैन फेरी यस्तै दु:खद घटना बैतडीको दोगडाकेदार गाउँपालिका-७ (कतोला) चडेपानीमा घट्यो ,१७ वर्षीया भागरथी भट्ट बैनी सिर्कोटस्थित सनातल धर्म माध्यमिक विद्यालयमा वाणिज्य संकायमा कक्षा १२ मा पढि्थन् । घरबाट स्कुल पुग्न झण्डै एकघण्टा जंगलको बाटो हिँड्नुपर्छ । यद्यपि स्कुल जाँदा-आउँदा साथीहरु हुन्थे । 
बुधबार २ बजे पढाइ सकेर उनी स्कुलबाट हिँडिन् । तर, अरु दिनजस्तो उनी घर पुगिनन् । स्कुलबाट छुटेका साथीहरुले हामी कपाल काटेर आउँछौं, तिमी हिँड्दै गर भनेका थिए । हुन्छ भनेर हिँडेकी उनी घर नआएपछि आमा द्रोपतीले हारगुहार गरिन्, खोजीमा जुटिन् । तर, भागरथीको अत्तोपत्तो भएन ।
भोलिपल्ट बिहीबार स्कुलबाट फर्किएकाहरुले लबलेक सामुदायिक वनमा बनमारा झाडी माडिएको देखे । भागरथी हराएको थाहा पाएका उनीहरुले गाउँलेलाई खबर गरे । त्या पुगेर हेर्दा
भागरथीको निकै बीभत्स किसिमले हत्या गरिएको थियो उन्को त्यो अवस्था हेर्दा निर्मला पन्त (बलात्कार पछि हत्या)को जसरी ज्यान गयो तेस्तैनै देखिन्थ्यो भनेर उक्त गाउँका गाउले भन्छ्न ।
