यही मंसिर ४ गते हुने निर्वाचनको समय नजिकिए संगै चुनावी प्रचारप्रसारलाई उम्मेदवारले तिब्र रुपमा अघि बढाएका छन। ५ बर्षमा एक पटक आएको यो अवसरको भरपुर सदुपयोग गरि मतदाता रिझाउदै विजयी हुने दाउमा उम्मेदवारहरु रहेका छ्न ।
दैलेख क्षेत्र न।१ मा बाम(लोकतान्त्रिक गठबन्धन तर्फबाट प्रतिनिधिशभामा नेकपा एकीकृत समाजवादीले नेता अम्मरबहादुर थापालाई उम्मेदवार बनाएको छ भने प्रदेशसभा तर्फ नेपाली कांग्रेसले क० मा पुर्णबहादुर खत्री र ख० मा कृष्णकुमार बिसिलाई उम्मेदवार बनाएको छ। यस चुनावी प्रचारमा कांग्रेस नेता नरसिङ मल्लको समेत सक्रिय सहभागिता रहेको छ।

नेकपा एकीकृत समाजवादी नेतृ प्रदेशसभा समानुपातिक सदस्य उम्मेदवार रामसरा रेग्मी ९रमा० पनि मतदाताको घरदैलो कर्यक्रम र चुनावीसभामा सक्रिय देखिएकी छन। नेतृ रेग्मीले समग्र कर्णालीको बिकासमा युवाहरूको सक्रिय , हस्तक्षेपकारी , जिम्मेवार र महत्वपूर्ण भुमिका रहने बताएकि छन ।
उनले शिक्षा र स्वस्थ सबैको पहुँचमा हुनुपर्ने , कृषिको आधुनिकिकरण , पर्यटन ब्यबसायको प्रबर्द्धन ,जडिबुडिको ब्यबसयिकता, रोजगारी सिर्जना ,सडक संजालको बिस्तार र दिगो विकासलाई प्रदेश सरकारले ध्यान दिनु पर्ने र उहाले समेत त्यसमा जोड दिने बताएकी छन । कर्णाली प्रदेश राज्यको पहुँचमा कमजोर देखिएकाले अझै अब्बल नेतित्वको पर्खाइमा रहेको छ। यहाको भौगोलिक कठिनाइ , विभिन्न समस्या पहिचान र त्यसको उचित समाधान अबको नेतित्वको चुनौती हो। यसर्थ यो चुनावमा निर्वाचित हुने उम्मेदवारले कर्णालीको सुन्दर भबिस्य निर्माणमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने अबसर प्राप्त गर्नेछ्न ।


