सगुनकुमार जोशी
नेपाली समाज बिगतको तुलनामा केहि हदसम्म सचेत,सभ्य र सम्बेदनशील अवश्य भएको छ । चेतना स्तरको एक तह सम्म महत्वपूर्ण विकास भएको देखिन्छ। साथै आजको समाजमा मुलत अर्ध ज्ञान र अर्ध चेतनामा आधारित विश्लेषणको समेत प्रभाब रहेको छ । आजको सामाजिक संजाल प्रयोगकर्ता भित्र थुप्रै किसिमका वितिस्णा देखिन्छ साथै असहनसिलता ,अज्ञान र विषयवस्तु प्रतीको संवेदनशीलता पटकै देखिदैन । टिप्पणी हरेक कुरामा गर्न थाल्नु सकारात्मक भएता पनि समाजका संवेदनशील मुद्दाहरु प्रतीको दुरभावन एकदमै एकाग्र देखिन्छ। जब एउटा समाजमा फरकफरक घटनाहरु घट्छ्न। अहिले सामाजिक संजालमा प्रशस्तै भएकै देखिन्छ । प्रयोगकर्तामा भने गम्भीर मुद्दाहरुमा पनि भड्काउ अभिव्यक्ति त्यो पनि बौद्दिक ठानिएका सामाजिक व्यक्तिहरुबाट हुनु जस्तो नेपालिहरुको दुर्भाग्य नै हो । हुन त हरेक समाजमा केहि अनौठा व्यक्तिहरु हुनु स्वभाविक नै हो जहाँ तिनिहरु को अभिव्यक्ति खासै रेकर्ड हुदैन । जहाँ सम्म हाम्रो समाजको वास्तविक अनुहार यस्तो छ कि महिलाहरु प्रति एकदम नै असहिष्णु छ अझै पनि ६० प्रतिशत मान्छेहरुमा चेतनाको स्तर त्यहि तहको छ। महिला र पुरुषहरु संग जोडिएर आएका हरेक घटनाहरुमा दुबै पक्ष सम्म पुगिरहेको देखिदै छ तर पनि एउटा जबर्जस्त प्रश्नचिह्न यहाँ उठ्दैछ एउटा साचिकै बल्तकृत छोरिले न्याय पाएर पनि सिर ठाडो पारेर हिड्न सक्ने समाज बनिसकेको हो त ? पक्कै छैन त्यहि हाम्रो समाज हो जुन घटना पछि बिचरा ति पापिहरु लाइ फाँसि हुनु पर्छ भनेर उग्र बोल्छ त्यहि पिडित छोरि/ चेलिले न्याँय पाएर जब समाजमा बाँच्न खोज्छ नि त्यहि समाज हो हर क्षेण मर्न बाध्य बनाउदै छ । यो एउटा विकराल रुपमा प्रस्तुत हुदैछ । अब त यस्तो भावना प्रस्तुत गर्न थालिसके कि बलत्कृत हुनु भनेकै पिडकको हात बाट उसले मर्नै पर्छ त्यसपछि मात्रै समाजले बलत्कार मान्नेवाला छ । बलतकृत भएर जो बाँच्छ उसलाइ साएदै समाजले स्वीकार गर्ला भन्ने दोधार अझै छ । जो बलतकृत भएर न्याँय पाएर बाच्न खोजिरहेकाहरु प्रतीको सहि टिप्पणी देख्न किन मुसकिल हुदै गएको हो समाज यति धेरै नकरात्मक किन ? मलाइ त यस्तो संका छ कि निर्मला पंन्तको पनि बलतकार पछि हत्या गरिएको थिएन भने । समाजले उनी माथि नै लान्छ्ना र प्रश्न पक्कै गर्थे झै लाग्छ। समाजको परिदृष्यमा केहि अगाडि र प्रगति गरि समाजले एउटा आइडल मानेका व्यक्ति पर्तिको सम्मान हुनु एक अर्थमा सहि नै हो । तर जब अति संवेदनशील घटनामा मुछिन्छ्न अनि समाजका केहि अबुझ र तल्लो स्तरको सोच भएकाहरुको एकोहोरो समर्थन अर्को समाजको दयालाग्दो रुप हो । के उनिहरु भगवान हुन ? के उनिहरुले गल्ति गर्दैनन ? के उनिहरुलाइ कानुनले अनुसन्धान गर्न पाउदैन ? कि उनिहरुको हात बाट पनि बलात्कार पछि हत्या नै गरे मात्रै समाजले बलात्कार मान्ने नत्र नमान्ने हो ? के यो गम्भिर प्रश्न हो लाग्दैन ? सोच्नुहोस तपाइको आइडलको हातबाट त्यो घटना घटेकै हो कानुनले प्रमाणित गर्यो अब त्यो पिडितलाइ न्याँय पाएर पनि यो समाज ले बाच्ँन दिन्छ पिडित लाइ ? पाइला पाइलामा लान्छ्ना र घोचपेच गरिरहन्छ हैन र ? पिडित ले आफुप्रति घटेको त्यो दुखद घटना लाइ बिर्सिएर बाच्ँन नपाउने हो ..? यहि हैन र हाम्रो समाज ? के यो दुखद हैन ? यस्तै घटना अझै बौद्दिक मानिएका महिलाहरु नै एउटा आइड्ल पुरुष ले बलात्कार गरेकै हैन भनेर उभिरहेको देखिन्छ अनुसंधान अगाडि नै के यो सकारात्मक पक्ष हो र ? साचिकै बलात्कृत महिलाले के अझै समाजमा बाच्नलाइ घटनालाइ न्याँयको निमित्त नलडि अझै लुकाएर हिड्नु पर्ने हो ? न्याँयको खोजिमा आउदा किन समाज यति पुर्वाग्रहि भएको ? यसर्थ महिला वा पुरुषहरू माथी घटेका यौनजन्य या अन्य घटनाको राज्य पक्ष वा सरोकारवालाहरुले अत्यन्त संबेदनसिल रुपमा निरुपण गर्नु आवश्यक देखिन्छ। राज्यका प्रशासनिक समेन्त्र समेत चनाखो, दृढ र न्यायिक हुनुपर्छ । हाम्रो जस्तो बिबिधताले भरिपुर्ण समाजको एकता अनन्तकाल सम्म वा जीवन र जगतको अस्तित्वको समाज रहेसम्म महत्वपूर्ण हुनेछ । त्यसैले प्रत्येक संबंधित सवालमा व्यक्ति,नागरिक,समुदाय र राज्यले आफ्ना जिम्मेवारी , कर्तव्य र दायित्व प्रती सजग हुनु अपरिहार्य हुन्छ । (लेखक BE अध्यानरत बिद्यार्थी हुन)

