वीरेन्द्रनगर नगरपालिका १४ रातानाङ्गलामा रहेकाे माैसमी राडरकाे मर्मतमा सकेर वीरेन्द्रनगरतर्फ फर्किदै गरेकाे जल तथा माैसम विज्ञान कार्यालय काेहलपुर बाँकेकाे गाडी कपासेदेखी माथि माेडमा दुर्घटनामा परेकाे हाे ।

बा १ झ ८७८४ नम्बरको बोलेरो जीपमा सडकबाट करिव २० मिटर तल खसेकाे छ र दुर्घटनामा एक जनाकाे मृत्यु भएपनि उनकाे पहिचान खुलेकाे छैन्। साथै दुर्घटनामा चार जना घाइते छन् ।
कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेकाे प्रदेश ट्राफिक प्रहरी कार्यालय, सुर्खेतले जनाएको छ।
