काठमाण्डौ । फिफा विश्वकप २०२२ र एशियन कप २०२३ मा छनौटका लागि कुवेतमा जारी दोश्रो चरणको खेलमा नेपालले बिहिबार चाइनिज ताइपेइबिरुद्ध २–० गोल अन्तरको शानदार जित निकालेपनि सो खेलको तीन अंक एशियन कप छनौटका लागि गणना नहुने सम्भावना बढ्दो छ ।फिफा विश्वकप २०२२ र एशियन कप २०२३ छनौटको जारी प्रतियोगिताबाट समूह ए मा रहेको उत्तर कोरियाले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि फिफा र एफसीको नियमानुरुप अब सबै समूहको,शिर्ष चारमा रहेका राष्ट्रहरुले एक अर्काबिरुद्ध खेलेको अंकको मात्र गणना हुनेछ ।
प्रतियोगितामा अहिले ८ वटा समूहमा उत्तर कोरिया बाहेक ३९ राष्ट्रहरुको मात्र सहभागिता रहेको छ । समूह एचमा रहेको उत्तर कोरियाले अब उक्त समूहमा दक्षिण कोरिया,लेबानन,तुर्केमिनिस्तान र श्रीलंका गरी चार राष्ट्र मात्र रहेका छन् भने बाँकी रहेका सबै समूहमा ५–५ वटा राष्ट्रको सहभागिता रहेको छ ।
नियमानुसार प्रत्येक समूहको शिर्षमा रहने राष्ट्र विश्वकप छनौटको अर्काे चरणमा पुग्नेछ र शिर्ष दुइमध्येका उत्कृष्ट चार राष्ट्रले पनि अर्काे चरणमा खेल्ने मौका प्राप्त गर्नेछ ।
यस्तै एशियन कपका लागि अर्काे प्रावधान अनुरुप समूहको शिर्ष चारमा रहनेहरु मध्येको उत्कृष्ट शिर्ष चारमा रहे सो राष्ट्रले पनि एशियन कपको अर्काे चरणको छनौटमा स्थान बनाउनेछ ।
अहिलेसम्मको समिकरण हेर्दा नेपाल रहेको समूह बी मा चाइनिज ताइपेइ नै समूहको अन्तिममा रहने निश्चित प्राय भइसकेको अवस्था छ । ताइपेइले अब बलियो जोर्डन र अष्ट्रेलियासँग मात्र खेल्न बाँकी छ र सो दुइ खेलमा जित निकाल्न ताइपेइलाई निक्कै कठिन नै छ ।
अन्य समूहको शिर्ष चारमा रहेको कुनै पनि टोलि अंकविहिन हुने अवस्था देखिएको छैन । सबैभन्दा कमजोर देखिएको भारत पनि समूह जीमा पुछारमा रहेको बंगलादेशसँगको खेलको अंक हटाउने हो भने उसको एक् अंक बाँकी नै रहन्छ । तर नेपालले सबै ६ अंक पुछारमा रहेको ताइपेइबिरुद्ध जोडेको भएकोले त्यो ६ अंक अन्तिममा शुन्य नै हुनेछ ।
अब नेपालले एशियन कपमा छनौट हुनकोलागि पुनः प्लेअफ खेल्नु पर्ने छ ।
नेपाललाई एशियन कपको अर्काे चराणको छनौटमा पुग्न बाँकी रहेका जोर्डन र अष्ट्रेलियाबिरुद्धको खेलमा अंक् जोड्नुको विकल्प छैन । तर यथार्थमा त्यस्तो नतिजाको समभवना रहेपनि निक्कै कठिन नै देखिन्छ ।
नेपालले जुन ७ अर्थात सोमबार जोर्डनसँग खेल्नेछ भने जुन ११ अर्थात शुक्रबार अष्ट्रेलियासँग खेल्नेछ ।
नेपालले यसअघि जोर्डनसँग खेलेको खेलमा ३–० र अष्ट्रेलीयासँग ५–० गोल अन्तरले हारको सामना गरेको थियो भने कुवेतसँग खेलेको दुबै खेल गुमाइसकेको छ ।
