एक पत्रकारको रुवाउने स्टाटस। जिबन बचाईदिन सबै नेपालीसग गरे यस्तो अपिल।
कृपया सबैले सहयोग गरिदिनु होला। यो खबरलाइ सबै नेपालि माझ शेयर गरिदिनु होला।
प्रीय शुभचिन्तकहरु नमस्कार
म पत्रकार ध्रुव बीसी क्षेत्री। म नयाँ पत्रिका र हिमालय टेलिभिजन तथा अछाम जिल्ला स्थित रेडियो सोसाइटी एफएममा कार्यकारी निर्देशकका रुपमा आवद्ध छु । हाल म उच्च रक्तचापका कारण दुबै मिर्गौला फेल भएर एक महिनादेखि काठमाडौको वीर अस्पताल र भक्तपुरको धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा डायलासिस गरेर बाचिरहेको छु । डाक्टरको सल्लाह अनुसार म संग मिर्गौला प्रत्यारोपण गर्नुको अर्को विकल्प छैन । नयाँ मिर्गौला फेर्न धेरै रकम खर्च गर्नुपर्ने रहेछ । यो अवधि अस्पतालको शैयामा धेरै समय बेहोस अवस्थामै विताउनु परेकाले अहिलेसम्म आधिकारिक रूपमा जानकारी गराउन सकेको थिएन । अब नयाँ मिर्गौला फेर्नको लागि मैले परिवारमा मेरो ब्लड ग्रुपको सदस्य खोजी गरेर सल्लाह गरिरहेको छु । तर मलाई यो बेला आर्थिक अवस्था मजबुत नहुदा निकै ठूलो समस्या भैरहेको छ । त्यसैले स्थानीय सरकार, प्रदेश र केन्द्र सरकार, पत्रकारका सबै संघ संगठन, मिडिया हाउस, स्वतन्त्र पत्रकार, सरकारी कार्यालय, प्रवासमा बस्नुहुने शुभचिन्तकहरु, व्यावसायि र मेरा हितैसी मित्रहरूलाई तल उल्लेखित बैंक खातामा आफ्नो तर्फबाट गर्नसक्ने सहयोग रकम जतिसक्दो छिटो जम्मा गरेर सहयोग गरिदिनकालागी अनुरोध गर्दछु ।
खाता न :- 4260100006342010
