आदर्श मिश्रालाई कारबाहीको माग,भिडियो हटाउन आयो दबाब,आदर्शले यसो भन्छन।
बिरगंज : नेपाल मेडिकल एसोसिएसन (नेपाल चिकित्सक संघ) ले आदर्श मिश्रालाई कारवाही गर्न माग गरेको ।
मिश्राले बिरगंजस्थित नारायणी अस्पतालका वरिष्ट चिकित्सक डा. निरजकुमार सिंहको नाम जोडेर गलत सूचना र खबर सम्प्रेषण गरी सामाजिक संजालमा गाली गलौज र सार्वाजनिक बेइज्जती गरेको भन्दै एसोसिएसनले मिश्रालाई कारवाही गर्न माग गरेको हो ।
आदर्शले नारायणी अस्पतालमा डा. सिंहले उनका बुवा विनोद मिश्राको उपचारमा लापरवाही गर्दा उनको मृत्यु भएको आरोप लगाएका छन् । डा. सिंह र उनको समूहले बुवाको डायलिसिसको समय घटाएको कारण युरिया मस्तिष्कमा पुगेपछि मृत्यु भएको आदर्शको आरोप छ ।
“डा. निरज सिंहको नाम जोडी गलत सूचना र खवर सम्प्रेषण गरि सामाजिक सञ्जालबाट गाली गलौज र सार्वजनीक बेइज्जति गरेकोमा सो कार्य गर्ने श्री आदर्श मिश्रलाई कानुनी दायरामा ल्याई कारवाही गर्न र सो समाचारमा संलग्न भएकाहरुलाई समेत कारवाही गरी सामाजिक सञ्जालबाट गलत समाचार हटाई यस महामारीमा खटिएका चिकित्सकलाई हतोत्साहीत नभई काम गर्न सक्ने वातावरणको सिर्जना गर्न नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ” विज्ञप्तिमा उल्लेख छ ।

